प्रदेशस्तरमा कृषिसँग सम्बन्धित नीति‚ योजना‚ कार्यक्रमको तर्जुमा‚ कार्यान्वयन‚ अनुगमन र मूल्याङ्कन।
कृषि अनुसन्धानबाट सिफारिस भएका उपयुक्त कृषि प्रविधिहरु भौगोलिक सम्भाव्यता अनुसार स्थानीयस्तरमा प्रचार प्रसार तथा विस्तार।
गण्डकी प्रदेशमा संचालित कार्यक्रमहरुको प्रभावकारी नतिजा प्राप्तिको लागी आवश्यक समन्वय तथा पृष्ठपोषण।
श्रोत साधनहरुको समुचित व्यवस्थापन‚ परिचालन एवं कृषिसँग सम्बन्धित सरोकारवाला निकायहरुसँग प्रभावकारी समन्वय एवं सहकार्य।
आफू अन्तर्गतका निकायहरुबाट प्राप्त प्रगति विवरण विश्लेषणगरी सम्बन्धित निकायहरुमा सम्प्रेशण गर्ने।
प्रदेशस्तरका कृषिसँग सम्बन्धित फार्म केन्द्र‚ प्रयोगशाला‚कृषि ज्ञान केन्द्रहरुसँग समन्वय‚ निर्देशन‚ अनुगमन‚ पृष्ठपोषण‚ सहकार्य गर्ने/गराउने।
प्रभावकारी एवं नतिजामुखी कार्यक्रम कार्यान्वयनको लागि प्रदेश अन्तरगतका कृषि निकायहरुसँग निकटतम समन्वय‚ सहकार्य गर्ने।
कृषि क्षेत्रको आधुनिकीकरण तथा व्यवसायिकरणका लागि संघीय नीति तथा मापदण्ड कार्यान्वयन गर्ने।
कृषि क्षेत्रसँग सम्बन्धित विषयमा अध्ययन‚अनुसन्धानतथा सर्वेक्षण गर्ने।
कृषि मूल्य र बजार सूचनाहरु संकलन‚विश्लेषण र प्रवाह गर्नुका साथै कृषि बजार व्यवस्थापनको लागी आवश्यक पूर्वाधारको निर्माण र विकास गर्ने।
कृषि उत्पादनलाई कृषिजन्य उद्योगसँग आवद्ध गराउदै लगि उत्पादन र उद्योगबीच तादाम्यता कायम गर्ने।
भूवनोटलाई अधिकतम उपयोग हुनेगरी बाली विविधीकरण‚ कृषि व्यवसायीकरण र व्यवसाय प्रवर्द्धनमा सहयोग पुग्ने किसिमका उत्पादन कार्यक्रम संचालन गर्ने।
वातावरण मैत्री कृषि उत्पादन सामाग्रीहरुको उपयोग‚ प्राकृतिक श्रोतहरुको समुचित प्रयोग‚ विषादी न्युनिकरण‚ जलवायु अनुकुलनका गतिविधिहरु सञ्चालन गर्न प्रोत्साहन गर्ने।
खाद्य तथा पोषण सुरक्षाका लागि स्थानीय‚ रैथाने लोपोन्मुख बालीवस्तुहरुको संरक्षण‚ सम्वर्धन र उपभोगमा बढावा दिने।
प्रदेशस्तरीय मल‚ उन्नत बीउबीजन लगायत कृषि साम्रागीहरुको आपुर्ति व्यवस्था अनुगमन तथा गुणस्तर नियन्त्रण गर्ने।
खाद्यान्न‚ नगदेबाली‚ तरकारी‚ फलफुल खेती विकास तथा प्रवर्द्धन गर्ने।
कृषि वालीवस्तुको उत्पदन लागत कम गर्नका लागि कृषि औजार तथा मेशिनेरीहरुको प्रयोगलाई प्रोत्साहन गर्ने ।