गण्डकी प्रदेश सरकार

कृषि तथा भूमि व्यवस्था मन्त्रालय

कृषि विकास निर्देशनालय

पोखरा, नेपाल

कार्यक्षेत्र

  • प्रदेशस्तरमा कृषिसँग सम्बन्धित नीति‚ योजना‚ कार्यक्रमको तर्जुमा‚ कार्यान्वयन‚ अनुगमन र मूल्याङ्कन।
  • कृषि अनुसन्धानबाट सिफारिस भएका उपयुक्त कृषि प्रविधिहरु भौगोलिक सम्भाव्यता अनुसार स्थानीयस्तरमा प्रचार प्रसार तथा विस्तार।
  • गण्डकी प्रदेशमा संचालित कार्यक्रमहरुको प्रभावकारी नतिजा प्राप्तिको लागी आवश्यक समन्वय तथा पृष्ठपोषण।
  • श्रोत साधनहरुको समुचित व्यवस्थापन‚ परिचालन एवं कृषिसँग सम्बन्धित सरोकारवाला निकायहरुसँग प्रभावकारी समन्वय एवं सहकार्य।
  • आफू अन्तर्गतका निकायहरुबाट प्राप्त प्रगति विवरण विश्लेषणगरी सम्बन्धित निकायहरुमा सम्प्रेशण गर्ने।
  • प्रदेशस्तरका कृषिसँग सम्बन्धित फार्म केन्द्र‚ प्रयोगशाला‚कृषि ज्ञान केन्द्रहरुसँग समन्वय‚ निर्देशन‚ अनुगमन‚ पृष्ठपोषण‚ सहकार्य गर्ने/गराउने।
  • प्रभावकारी एवं नतिजामुखी कार्यक्रम कार्यान्वयनको लागि प्रदेश अन्तरगतका कृषि निकायहरुसँग निकटतम समन्वय‚ सहकार्य गर्ने।
  • कृषि क्षेत्रको आधुनिकीकरण तथा व्यवसायिकरणका लागि संघीय नीति तथा मापदण्ड कार्यान्वयन गर्ने।
  • कृषि क्षेत्रसँग सम्बन्धित विषयमा अध्ययन‚अनुसन्धानतथा सर्वेक्षण गर्ने।
  • कृषि मूल्य र बजार सूचनाहरु संकलन‚विश्लेषण र प्रवाह गर्नुका साथै कृषि बजार व्यवस्थापनको लागी आवश्यक पूर्वाधारको निर्माण र विकास गर्ने।
  • कृषि उत्पादनलाई कृषिजन्य उद्योगसँग आवद्ध गराउदै लगि उत्पादन र उद्योगबीच तादाम्यता कायम गर्ने।
  • भूवनोटलाई अधिकतम उपयोग हुनेगरी बाली विविधीकरण‚ कृषि व्यवसायीकरण र व्यवसाय प्रवर्द्धनमा सहयोग पुग्ने किसिमका उत्पादन कार्यक्रम संचालन गर्ने।
  • वातावरण मैत्री कृषि उत्पादन सामाग्रीहरुको उपयोग‚ प्राकृतिक श्रोतहरुको समुचित प्रयोग‚ विषादी न्युनिकरण‚ जलवायु अनुकुलनका गतिविधिहरु सञ्चालन गर्न प्रोत्साहन गर्ने।
  • खाद्य तथा पोषण सुरक्षाका लागि स्थानीय‚ रैथाने लोपोन्मुख बालीवस्तुहरुको संरक्षण‚ सम्वर्धन र उपभोगमा बढावा दिने।
  • प्रदेशस्तरीय मल‚ उन्नत बीउबीजन लगायत कृषि साम्रागीहरुको आपुर्ति व्यवस्था अनुगमन तथा गुणस्तर नियन्त्रण गर्ने।
  • खाद्यान्न‚ नगदेबाली‚ तरकारी‚ फलफुल खेती विकास तथा प्रवर्द्धन गर्ने।
  • कृषि वालीवस्तुको उत्पदन लागत कम गर्नका लागि कृषि औजार तथा मेशिनेरीहरुको प्रयोगलाई प्रोत्साहन गर्ने ।