गण्डकी प्रदेश सरकार

कृषि तथा भूमि व्यवस्था मन्त्रालय

कृषि विकास निर्देशनालय

पोखरा, नेपाल

पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना, आयोजना कार्यान्वयन एकाइ, गण्डकी प्रदेश पोखराको फलफूल बगैँचा स्थापना कार्यक्रममा आवद्ध हुन आवेदन आह्वान सम्बन्धी सूचना ।

पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना, आयोजना कार्यान्वयन एकाइ, गण्डकी प्रदेश पोखराको फलफूल बगैँचा स्थापना कार्यक्रममा आवद्ध हुन आवेदन आह्वान सम्बन्धी सूचना । यस आयोजनाको कृषक समूह, सहकारी तथा कृषि उद्यमीहरूका लागि अनुदान व्यवस्थापन कार्यविधि, २०८१ अनुसार तपसिलमा उल्लिखित स्थानीय तहहरुमा देहायका बालीहरुको बगैँचा स्थापनामा अनुदान प्रदान गर्ने कार्यक्रम रहेको हुँदा यस कार्यक्रममा सहभागी हुन ईच्छुक कृषि उद्यमी, कृषक समूह तथा सहकारीहरुलाई आवश्यक कागजातहरुसहित सम्बन्धित स्थानीय तहहरुमा सूचना प्रकाशन भएको मितिले ३० दिन भित्र आवेदन पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। तपसिल क्र.स जिल्ला कार्यक्रम संचालन हुने स्थानीय तह लक्षित फलफूल बाली र अधिकतम लक्षित क्षेत्रफल (हेक्टर) १ कास्की पोखरा महानगरपालिका सुन्तला ( ३० हेक्टर), कागती (५० हेक्टर) २ पर्वत जलजला गाँउपालिका सुन्तला ( ६० हेक्टर), कागती (१५ हेक्टर) आवेदन सहित संलग्न गर्नुपर्ने कागजातहरुको विवरण: (क) अनुसूची ८ बमोजिमको फाराम, (ख) कृषक समूह/सहकारी/कम्पनी वा निजी फर्म दर्ता तथा नवीकरण प्रमाणपत्रको प्रतिलिपि, (ग) करचुक्ता प्रमाणपत्रको प्रतिलिपि, (घ) कृषक समूहको हकमा विधान, सहकारीको हकमा विनियम तथा कृषि उद्यमीको हकमा प्रवन्धपत्रको प्रतिलिपि, (ङ) कार्यक्रममा सहभागी हुने घरधूरीहरुको एकिन गर्ने सम्बन्धी अनुसूची १० बमोजिमको संस्थागत निर्णयको प्रतिलिपि, (च) कार्यक्रममा सहभागी हुने घरधूरीहरुले क्लष्टरमा बगैँचा स्थापना गर्न सहमत भएको अनुसूची ११ बमोजिमको सहमती पत्र, (छ) प्रस्तावित कार्यक्रम सञ्‍चालन हुने जग्गाको आफ्नो स्वामित्वको प्रमाण (लालपुर्जाको प्रतिलिपि) वा सम्बन्धित वडाको वडाअध्यक्ष वा दर्तावाला कानून व्यवसायीको रोहवरमा गरेको जग्गा भाडा वा करार सम्झौताको प्रतिलिपि (कम्तीमा १५ वर्ष अवधिको), (ज) फलफुल बगैंचा स्थापना हुने जग्गाको सबै कित्ता देखिने नापी नक्सा, (झ) कार्यक्रम संचालन हुने वडा कार्यालयको सिफारिस पत्र, (ञ) अनुसूची १२ बमोजिमको निर्णय, (ट) अनुसूची १३ बमोजिमको स्वघोषणा, (ठ) अनुसूची १४ बमोजिमको वातावरणीय प्रभाव पहिचानका लागि निरीक्षण जाँचसूची तथा अनुसूची १५ बमोजिमको सामाजिक प्रभाव पहिचानका लागि निरीक्षण जाँचसूची, नोटः  आवेदन साथ पेश गर्नुपर्ने कागजातहरु आयोजना कार्यान्वयन एकाइ, गण्डकी प्रदेश, पोखरा, सम्बन्धित स्थानीय तहको कृषि शाखामा वा वेवसाईट add.gandaki.gov.np बाट प्राप्त गर्न सकिनेछ।  अन्य जानकारीको लागि आयोजना कार्यान्वयन एकाइ, गण्डकी प्रदेश, पोखरा वा सम्बन्धित स्थानीय तहको कृषि शाखा वा सम्पर्क नं ०६१-५७०२७३/०६१-५७०२६३/०६१-५४३८९५ वा ईमेल ठेगाना piugandaki.nafha@gmail.com मा सम्पर्क गर्न सकिनेछ।