प्रदेश सरकार

कृषि विकास निर्देशनालय

गण्डकी प्रदेश, पोखरा

योजना, कार्यक्रम तथा अनुगमन शाखाका गतिविधिहरु


कृषि विकास सम्बन्धी सरोकारवालाहरुसंग समन्वय बैठक सम्पन्न

मिति २०७५ साल पौष २० गते शुक्रवारका दिन कृषि विकास निर्देशनालय, पोखराको आयोजनामा कृषि विकास सम्बन्धी सरोकारवालाहरुसंग समन्वय बैठक सञ्चालन भएको थियो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका श्रीमान् सचिव शरदचन्द्र श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त बैठकमा पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय, पोखरा, कृषि व्यवसाय प्रवर्धन सहयोग तथा तालिम केन्द्र, पोखराका प्रमुख, कृषि विकास निर्देशनालय, पोखराका प्रमुख तथा पदाधिकारीहरु, कृषि विकास निर्देशनालय, पोखरा मातहतका कृषि ज्ञान केन्द्रहरु, फार्म केन्द्रहरु, प्रयोगशालाहरुका प्रमुख लगायतको सहभागीता रहेको थियो । उक्त बैठकमा चालु आर्थिक वर्षमा सञ्चालन भई रहेका कार्यक्रमहरुको कार्यान्वयनको क्रममा आईपरेका समस्याहरु र आगामी दिनहरुमा समस्या समाधानका लागी सम्बन्धीत निकायहरुले अपनाउनुपर्ने उपायहरुका बारेमा छलफल भएको थियो । यसका साथै उक्त बैठकमा मन्त्रालयस्तर देखि तल्लो निकायसम्म कार्यक्रम कार्यान्वयनलाई छिटो, छरितो र प्रभावकारी रुपमा सञ्चालन गर्न समन्वय स्थापीत गर्ने सम्बन्धमा समेत
छलफल तथा निर्णयहरु भएका छन् ।