कृषि विकास निर्देशनालय, पोखराको वेवसाईट (www.add.p4.gov.np) सार्वजनिक भएको छ । यस वेवसाईट मार्फत सेवाग्राही तथा अन्य सरोकारवालाहरुले निर्देशनालय सम्बन्धी विवध जानकारीहरु प्राप्त गर्न सक्नुहुनेछ । वेवसाईटमा निर्देशनालयको परिचय लगायत निर्देशनालयबाट सञ्चालित कार्यक्रमहरु तथा प्रगति विवरणहरु, निर्देशनालयबाट प्रकाशित भएका विभिन्न प्राविधिक प्रकाशनहरु, निर्देशनालयसंग सम्बन्धित विभिन्न सुचना तथा समाचारहरु, निर्देशनालयको काम संग सम्बन्धित कानुनी दस्तावेजहरु समेटिएका छन् । यस वेवसाईटबाट सेवाग्राहीले इमेल, टेलिफोन, फेसबुक, ट्वीटर, भाइवर लगायतका सामाजिक सञ्जालका माध्यमले निर्देशनालयसंग सोझै सम्पर्क गर्नुका साथै निर्देशनालयबाट सञ्चालित क्रियाकलापहरुको बारेमा तुरुन्तै जानकारी लिन सक्नु हुनेछ ।
कृषि विकास निर्देशनालय, पोखराले रेडियो नेपाल प्रादेशिक प्रशारण कार्यालय, पोखरा र नेपाली रेडियो नेटवर्क, गण्डकी प्रदेश कार्यालय, पोखरासंगको सहकार्यमा निम्नानुसारका गते र समयमा नियमित रुपमा नेपाली भाषामा कृषि सम्बन्धी रेडियो कार्यक्रमहरु सञ्चालनमा ल्याएको छ ।
निम्नानुसार:
हरेक आईतवार साँझ ५:३० देखि ५:४५ सम्म
क्र.सं. | रेडियोको नाम र ठेगाना | मेगाहर्ज | प्रशारण गर्ने बार र समय |
---|---|---|---|
१. | रेडियो हेमजा, हेमजा, पोखरा | ८८.५ | सोमबार (७:०० देखि ७:१५ सम्म) |
२. | रेडियो सार्थक, ० कि.मी., पोखरा | ८९.१ | मंगलबार (७:०० देखि ७:१५ सम्म) |
३. | रेडियो पर्वत, खानीगाउँ, पर्वत | १०३.६ | बुधबार (६:१५ देखि ६:३० सम्म) |
४. | रेडियो गोर्खा, गोरखा | ९२.८ | बिहीबार (६:४५ देखि ७:०० सम्म) |
५. | रेडियो स्याङजा, पुतलीबजार–१, स्याङजा | ८९.६ | शुक्रबार (७:१५ देखि ७:३० सम्म) |
६. | रेडियो ढोरपाटन, बुर्तिबाङ–१, बाग्लुङ | १०४.१ | शनिबार (६:३० देखि ६:४५ सम्म) |
७. | रेडियो म्याग्दी, बेनी, म्याग्दी | १०४.४ | आइतबार (६:३० देखि ६:४५ सम्म) |
८. | दमौली एफ.एम., दमौली, तनहुँ | ९४.२ | सोमबार (६:४५ देखि ७:०० सम्म) |
९. | रेडियो लम्जुङ, बेशीशहर, लमजुङ | ९१.८ | आइतबार (६:३० देखि ६:४५ सम्म) |
१०. | ह्याप्पी एफ.एम., दलदले, नवलपरासी | १०३.८ | बुधबार (७:१५ देखि ७:३० सम्म) |
११. | रेडियो जननी, सृजनाचोक, पोखरा | ९०.६ | बिहिबार (७:१५ देखि ७:३० सम्म) |